विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी पुरा भएको जनाएको छ ।
ट्रम्प प्रशासनले जारी गरेको सूचनामा दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने भनिएको छ ।
अमेरिकाको ‘रेड लिस्ट’मा क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमन पनि छ । यी देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले प्रष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ‘ओरेन्ज लिस्ट’मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान छन् । यी मुलुका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने भनिएको छ । एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेसहित २२ राष्ट्र रहेको सुचनामा भनिएको छ ।