विराटनगर– सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहको ३ वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको छ ।
चैत्र १२ को दिउँसो चन्दा साह छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारीमा खेलिरहेका बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई तुरन्त उपचारको लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनापछि शवलाई पोष्टमार्टमको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाइएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गर्दैछ ।
यो घटनाले घरमा राखिएका इलेक्ट्रोनिक उपकरणको सुरक्षा र बालबालिकाका लागि अनकन्ट्रोल्ड जोखिमहरूबारे अझ सचेत गराउन आवश्यक बनाएको छ । यसले हाम्रो समुदायलाई इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्दा बढि ध्यान र सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता महसुस गराउँछ ।