काठमाडौं — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको छ। पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार पुनलाई उपाध्यक्षमा मनोनीत गरिएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पुष्टि गरेका छन् ।
पुन उपराष्ट्रपति पदबाट बाहिरिएपछि पछिल्लो समय माओवादी केन्द्रका गतिविधिमा सक्रिय सहभागी हुँदै आएका थिए। पार्टीले उनलाई यसअघि आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको थियो।