विराटनगर– क्यारेबियाली मुलुकहरुमा आइतबार भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार यसको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम छ । केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतमा धक्का महसुस हुँदा स्थानीयमा त्रास फैलिएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएको थियो। पछि यसलाई रद्ध गरियो । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।