विराटनगर-  काठमाडौँका केही स्थानमा आज (शनिबार)लामो समय विद्युत अवरूद्ध हुनेछ।

विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रका दुई  फिडरका क्षेत्रहरूमा चारदेखि सात घन्टा बिजुली बल्दैन ।

महाराजगन्ज वितरणक केन्द्रको गोंगबु फिडरमा पर्ने बसुन्धारा, गोंगबु, टाउन प्लानि‌‌ङ, सामाखुशी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्राविधिक काम हुने प्राधिकरणले भनेको छ ।

ती क्षेत्रमा भूमिगत तारसँग सम्बन्धित कामकाे व्यवस्थापनका लागि फिडर सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

यसैगरी हस्पिटल फिडर अन्तर्गतका  शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली नबल्ने भएको छ ।

ती क्षेत्रमा एचटी लाइन र पोल सिफ्टिङ गर्नुपर्ने भएकाले फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगावै सम्पन्न भए तोकिएको समय तालिका भन्दा अगाडि  नै लाइन दिन सकिने प्राधिकरणले प्रष्टयाएको छ ।