पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि किर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ । पोखराबाट सिम्रिक एयरको हेलिकप्टरमा दुबै जनालाई किर्तिपुर लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको किर्तिपुर अस्पतालमा उपचार सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । दुवै जनाको गाला जलेकोेले चिकित्सकहरुले उपचार गरिरहेको अस्पताल प्रशासनले जनायो।विद्युतीय स्विच थिचेर भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा उक्त घटना भएको थियो। दीप प्रज्वलन गरिएको पानस नजिकै भए पछि हाइड्रोजन भरिएको बेलुन पड्किएको थियो। पौडेल र आचार्यलाई आगोको लप्काले भेटेको थियो ।