विराटनगर- विराट गाेल्डकपकाे आजकाे खेल नेपाल एपीएफ फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवबीच हुनेछ । नेपाल एपीएफ विराट गाेल्डकपका साविक विजेता हुन् ।
विराट गाेल्डकप आयाेजक समितिका संयाेजक नवीन रिजालका अनुसार ६:३० बजेबाट साविक विजेता एपीएफ र दिल्ली फुटवफ क्लवबीच हुने बताएका छन् ।
उनले खेल सुरू हुनुभन्दा अगाडि साँझ ५ बजेदेखि सुरू हुने रक हेड्स ब्याण्डकाे सांस्कृतिक प्रस्तुतिकाे मनाेरञ्जन लिन दर्शकलाई आग्रह गरेका हुन् ।
उद्घाटन खेलमा साेमबार रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । रिजालको मोरङ एफसीले भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकतालाई ३-२ गाेल अन्तरले पराजित गरेकाे छ ।