विराटनगर– विराट गोल्डकपको मंगलबार भएको दोस्रो खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल(एपीएफ) विजय भएको छ । 

विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा एपीएफले भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले पराजित गरेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । 

दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको  प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए । 

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल प्रदर्शन गरेको थियो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए । 
विराट गोल्डकपको तेस्रो खेल बुधबार त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच हुनेछ ।